६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् एटिएमको सुरक्षित प्रयोग तथा सावधानीका उपाएहरु



अ+ अ-

काठमाडौँ । आजभोलि मानिसहरुले नगद बोकेर हिड्ने कुरा त अचम्मित नै हुन थालिसकेको छ, प्रायः सबैको साथमा एटिएम कार्ड अनिवार्य जस्तै बनिसकेको छ ।

पहिला पहिला बैंक बाट पैसा झिक्न घन्टौ लाइन बसेर चेकबाट झिक्नुपर्ने अवस्था थियो त्यसैले मानिसहरु एकैचोटी धेरै झिकेर आफैँ सँग राखिराख्थे तर अहिले त्यस्तो छैन सामान्यतया कुनै बैंकको एटिएम गयो कार्ड स्वाप गर्यो पैसा आइहाल्छ ।

एटिएम कार्डको प्रयोगले दैनिकीमा सहजता प्रदान त गर्यो तर के एटिएमको प्रयोग जसरि गरे पनि हुन्छ ? पक्कै हुँदैन एटिएम मेसिन सेवा अवरुद्द देखि ह्याकिंग सम्मका समाचारहरु पनि न आएका हैनन् तर पनि अझै कतिपय मानिसहरुले एटिएमको सहि तरिकाले प्रयोग गर्न जानिसकेको अबस्था छैन ।

विभिन्न किसिमका लापरवाहिहरुले गर्दा समय समयमा एटिएम मेसिन तथा सिस्टममा समस्याहरु आइरहने कारण नेपाल राष्ट्र बैंकले प्रयोगकर्ताहरुलाई सहि तरिकाले कसरि कारोबार गर्ने भनेर उपाएहरु दिईरहेको हुन्छ। प्रयोग गर्ने उपाए र कारोवारमा समस्या उत्पन्न हुन नदिनका लागि सावधानका उपाएहरु पनि समय – समयमा यसले उपलब्ध गराइरहेकै हुन्छ ।

रास्ट्र बैंकका अनुसार एटिएम प्रयोग गर्दै गर्दा तपाइले यि कुराहरुमा ध्यान दिन अत्यन्तै जरुरि छ ।

एटिएम मेसिन रहेको स्थान वा कोठामा पसेपछि राम्ररि ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरि छेकेर हान्ने ।

अपरिचित वा आफ्नो विश्वास बाहिरको जो सुकै व्यक्तिलाई आफ्नो कार्ड नम्बर वा पिन नदिने ।

कारोवार प्रक्रियामा यदि तपाइको खाताबाट पैसा काट्यो तर एटियम बाट उक्त पैसा आएन भने तपाईंको खाता भएको बैङ्कमा सम्पर्क गर्ने ।

कार्डको पिन समय समयमा परिवर्तन गरिरहनुहोस् ।