२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स रू १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल रू नौ करोड ८४ लाख ९१ हजार नौ सय ८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स रू सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच र एशियन लाइफ इन्स्योरेन्स रू सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फण्ड १०, एनआइविएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे« बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् । रासस




भर्खरै