• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त

एमाले सचिवालय बैठक: असंवैधानिक रुपमा गठन भएको कोशी प्रदेश सरकार भंग गर्न माग



फाईल फोटो

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले वागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई तोकेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्ने, यिनीहरुलाई विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खल्बल्याउने काममा उद्धत भएको आरोप लगाएको छ । त्यस्तै कोशी प्रदेश सभामा सत्ता गठबन्धनबाट गरिएको संविधान बिरोधी क्रियाकलाप गरेको ठहर गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

उहाँका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ । यस्ता कार्यका लागि एमालेले सत्ता गबठन्धनको भत्र्सना गर्ने बताउनु भयो । असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्नुभयो ।

उहाँले देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजार भन्दा बढी चौपायाहरु संक्रमित भएको, २७ हजार गाईवस्तुको मृत्यु भएको र यसबाट हालसम्म किसानहरुले अर्बौंको नोक्शानी व्यहोर्नुपरेको र संक्रमण निरन्तर फैलिरहेकाले किसानहरुले व्यहोर्नुपरेको क्षतिलाई न्युन गर्न तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रवन्ध गर्न र किसानहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनु भयो । उहाँले बैठकले किसानहरुले सुलभ रुपमा रासयनिक मल पाउने व्यवस्था गर्न सचेत गराएको छ । मिटरब्याज सम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न माग गरेको बताउनु भयो । अविलम्व नयाँ विधेयक ल्याइ समस्या समाधान गर्न आग्रह गर्नुभयो । त्यस्तै बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भत्र्सना गरेको छ ।

त्यस्तै बैठकले अविरल वर्षाका कारण आएको विपद्का कारण भएको क्षतिको परिपूर्ति गर्न सरकारसँग माग गरेको छ । त्यस्तै प्राकृतिक विपद्का बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी संवद्ध युवा, विद्यार्थी, भूपु सैनिक, प्रहरीसहित पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेपमा लागेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली साउन देखि ६ गतेसम्म कम्बोडिया भ्रमणमा जाने निर्णय समेत सचिवालय बैठकमा भएको बताउनु भयो ।