२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो



अ+ अ-

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ ।

धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए । होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उहाँले बताउनुभयो ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएको प्रहरीको भनाइ छ । बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ । रासस