• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत



एजेन्सी । भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् ।

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् । रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता ९एसपीए० स्थापनाको सम्झौता भएको छ ।

वैज्ञानिक सहयोगको क्षेत्रमा नेशनल इन्स्टिच्युट अफ ओशन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नइ र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदानप्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्तारक्षर भएको छ ।

त्यसैगरी स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगको लागि आशय पत्र जारी गरिएको छभने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणललायत विषय त्यसमा समावेश गरिएको छ ।

अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमाका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयुमा पनि हस्ताक्षर भएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच शुक्रबार भएको भेटवार्तामा भारत र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने सहमति भएको छ । साझा मूल्य, सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततामा विश्वासमा आधारित दुई देशबीचको सम्बन्ध अन्तररायष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति अटल प्रतिबद्धता, बहुपक्षवादमा अटल विश्वास र स्थिर बहुध्रुवीय विश्वको साझा खोजलाई दुवै नेताले जोड दिनुभएको थियो ।

दुवै नेताले रणनीतिक साझेदारीका विगत २५ वर्षमा भएका द्विपक्षीय सहयोगका हरेक क्षेत्रमा भएको रूपान्तरण र विस्तारको समीक्षा गर्नुभएको थियो ।