२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा यमुनाको पानीको सतह घट्यो



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीले शनिबार बाढीबाट राहत पाउने अपेक्षा गरिएको छ । शुक्रबार राति ११ बजे यमुना नदीको पानीको सतह २०७ दशमलव ९८ मिटरमा झरेको थियो ।

पछिल्लो २ दिनमा पहिलो पटक पानीको सतह २०८ मिटरभन्दा तल आएको छ । अझै घट्ने अनुमान गरिएको छ ।

यहाँ पानी घट्दै गएको छ भने अर्कोतर्फ मौसम विभागले शनिबार दिल्लीमा वर्षाको लागि पहेँलो अलर्ट जारी गरेको छ । आईएमडीका अनुसार आज दिल्लीमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यसो भयो भने पानीको सतह अझै बढ्ने छ ।

राजधानीको इन्द्रप्रस्थ क्षेत्रमा यमुना नदीमा बनेको ड्रेनेजको रेगुलेटर फुटेको थियो । सेनाको सहयोगमा शुक्रबार राति त्यसलाई मर्मत गरिएको छ । क्षतिका कारण नदीको पानी आइटीओ, रिङरोड, सर्वोच्च अदालत, राजघाट र लालकिल्लासम्म पुगेको थियो ।