४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छः प्रदीप पौडेल

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छः प्रदीप पौडेल
????? ????? ?????? ????????? ?????? ????? (????) ?????????? ??????? ??????? ????????? ??????? ????????? ?????? ???? ????????? ?????????? ???????? ??????? ???????????? ??????? ????? ????? ?????? ?????? ? ??????: ???? ?????? / ????
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उहाँले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो ।

“कुनै पनि सन्र्दभमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सुशासन कायम गर्ने सन्र्दभमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषय आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिनुभयो ।

कार्यक्रम राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताउनुभयो । “राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छौँ”, उहाँले भन्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले पछिल्लो समय कर्मचारीको वृद्धिविकास र संस्थाको हितमा राम्रा काम अघि बढाएको बताउनुभयो । राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाले सरकारबाट जति अनुदान प्राप्त गरिरहेको छ, त्यसको तुलनामा कर्तव्य र जिम्मेवारी अब्बल ढङ्गले पूरा गरिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागिरक अभिव्यक्तिलाई प्राथमिकता दिन सुझाव दिनुभयो । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।

युनियन राससका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद मिश्रले प्रेस स्वतन्त्रता, विधिको शासन र श्रमजीवि पत्रकारको हकहितका लागि प्रेस युनियनले स्थापना कालदेखि निरन्तर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष कालिका खड्का र प्रेस सेन्टर नेपाल रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठले पत्रकारिता क्षेत्रका साझा चुनौतिलाई उठान गर्दै समाधानका लागि सबै संस्था एक हुनुपर्नेमा जोड दिनुभयो । रासस