१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर

संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
अ अ+ अ-

डुम्रे ।  राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।

भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन ।

आदिकवि भानुभक्तको जन्मघरको संरक्षण गर्न सके यहाँ आउने साहित्यिक पर्यटकका लागि अध्ययनको केन्द्र बन्न सक्छ । कुनै सरकारको चासो नहुँदा भानुको घर खण्डहर बनेको हो । देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयवासी बताउँछन् ।

भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्याल, ढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु–४ सेपाबगैँचाका मीनबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भानु पिछडिएको छ, भानुभक्तकै नाममा विभिन्न फाइदा लिने गरेको भए पनि यहाँको विकासका लागि कुनै पनि पहल भएको छैन, यहाँ आवतजावत गर्नका लागि सहज सडक निर्माण गर्न नसक्दा यहाँ आउने पर्यटक तथा स्थानीयलाई सकस भएको छ, तर सहज बनाउने कार्यतर्फ चासो पुगेको छैन ।”

यहाँको विकास आवश्यक भएकाले तुरुन्तै बजेट विनियोजन गरेर भानु घरसम्म पुग्ने सडक सहज बनाउनुपर्ने उहाँको भनाइ छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरे पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । भानुभक्तको जन्मघर नजिकै बस्ने ८५ वर्षीय भ्याँगे सुनारले स्थानीयवासी जनप्रतिनिधिले संरक्षणका लागि पहल नगरेकाले अलपत्र परेको बताउनुभयो ।

आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाउनुभएका दिलीप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष परेको घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताउनुभयो । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको उहाँको बुझाइ छ ।

विसं २०५२ मा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेर आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका रूपमा नयाँ गठन भएको छ । समितिले विसं २०५५ मा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो ।

विसं २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रु एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गर्नुभएको थियो । रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताउनुभयो ।

जङ्गलको बीचको खरको छानाको उक्त घर विसं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । विसं २०७३ मा तत्कालीन मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो ।

रु ६८ लाखको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्क रानाभाटले जानकारी दिनुभयो ।

चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ । भानुभक्तको सालिक लेउले ढाकेको छ । आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन् ।

बिर्के टोपी घाँसी अभियानका अभियानकर्मी भानु–२ अम्बोटे निवासी यदुनाथ न्यौपानेले करोडौँमा बनेको रामायण भवन धमिराले खाने, भानुको घर पुनर्निर्माण नहुने र भानु जयन्तीमा मात्रै भानु टोपी लगाएर अर्थ नहुने बताउनुभयो । भानुभक्त विसं १८७१ असार २९ गते चुँदीरम्घामा जन्मनुभएको थियो । रासस