१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक भगवत गीता’ को टिजर रिलिज, कमलामाईको अवतारमा यस्तो देखिए विपिन कार्की



अ+ अ-

काठमाडौं । झरना थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘एक भगवत गीता’ को टीजर सार्वजनिक गरिएको छ ।

शुक्रवार सार्वजनिक गरिएको फिल्मको टीजरमा मुख्य कलाकारहरु विपिन कार्की, सुहाना थापा, कबीर खड्का तथा धिरज मगरलाई चित्रण गरिएको छ ।

फिल्ममा अभिनेता विपिन कार्कीले नारी चरित्र कमलामाईको भूमिका निर्वाह गरेका छन् । जसलाई भयानक रुपमा उतारिएको छ ।

सुनिल कुमार थापाद्वारा निर्माण गरिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

यो फिल्म आगामी भदौ २९ गतेदेखि प्रदर्शनमा आउने छ ।