• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर

सुरु हुने भयो रामनाथ मुखियाको उपचार



जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो ।

करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो(नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।

फोरमका उपाध्यक्ष डा पिके ठाकुरले आफूहरुको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । “डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ । सो पत्रका आधारमा सकेसम्म नि:शुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ”, डा ठाकुरले रासससँग भन्नुभयो ।

रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र शुक्रबार नै छोरालाई लिएर भारतको राजधानी नयाँदिल्ली जान लागेको जानकारी दिनुभयो ।

“धेरै कुरा त राससले यसअघि नै लेखिसकेको छ । भएको सम्पत्ति सकिएपछि हार खाएर उपचार गर्न छोडेका थियौँ । छोराको स्वास्थ्य समस्या झनझन बल्झिँदै गएपछि धेरै ठाउँ चाहर्दा पनि कतैबाट सहयोग पाएका थिएनाँै”, मुखियाले भन्नुभयो, “राससले समाचार लेखेको र डा ठाकुरले चासो राखेपछि अहिले उपचारको लागि पहल भएको छ र आजै उपचारका लागि जाँदैछौँ ।”

७० वर्षीय उत्तीममानले छोरा रामनाथको उपचारका लागि गरेको सङ्घर्ष र आर्थिक अभावमा भोग्नुपरेको समस्याका बारेमा राससमा ‘उत्तिममानको पीडा: उपचारमै सकियो सम्पत्ति’ भनेर यसअघि समाचार प्रकाशित भएको थियो ।

उत्तिममानले बताएअनुसार माइलो छोरा रामनाथ मुखियालाई दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो । उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पुर्‍याए पनि रोग निको भएको थिएन । पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखाँै ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्या छ ।

“मैले उपचारका लागि हरसम्भव प्रयास गरे । जायजेथा बेचे, ऋण काँडे । अरु छोराहरुको कमाइ पनि उपचारमै खर्च गरे । आखिर बाबु न हुँ, उसको दु:ख र छटपटाहट कसरी हेरिबस्नु १ अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन”, आँखाभरि आँसु टिलपिलाउँदै उहाँले भन्नुभएको थियो ।

पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन । रासस