१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

सुरु हुने भयो रामनाथ मुखियाको उपचार
अ अ+ अ-

जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो ।

करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो(नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।

फोरमका उपाध्यक्ष डा पिके ठाकुरले आफूहरुको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । “डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ । सो पत्रका आधारमा सकेसम्म नि:शुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ”, डा ठाकुरले रासससँग भन्नुभयो ।

रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र शुक्रबार नै छोरालाई लिएर भारतको राजधानी नयाँदिल्ली जान लागेको जानकारी दिनुभयो ।

“धेरै कुरा त राससले यसअघि नै लेखिसकेको छ । भएको सम्पत्ति सकिएपछि हार खाएर उपचार गर्न छोडेका थियौँ । छोराको स्वास्थ्य समस्या झनझन बल्झिँदै गएपछि धेरै ठाउँ चाहर्दा पनि कतैबाट सहयोग पाएका थिएनाँै”, मुखियाले भन्नुभयो, “राससले समाचार लेखेको र डा ठाकुरले चासो राखेपछि अहिले उपचारको लागि पहल भएको छ र आजै उपचारका लागि जाँदैछौँ ।”

७० वर्षीय उत्तीममानले छोरा रामनाथको उपचारका लागि गरेको सङ्घर्ष र आर्थिक अभावमा भोग्नुपरेको समस्याका बारेमा राससमा ‘उत्तिममानको पीडा: उपचारमै सकियो सम्पत्ति’ भनेर यसअघि समाचार प्रकाशित भएको थियो ।

उत्तिममानले बताएअनुसार माइलो छोरा रामनाथ मुखियालाई दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो । उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पुर्‍याए पनि रोग निको भएको थिएन । पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखाँै ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्या छ ।

“मैले उपचारका लागि हरसम्भव प्रयास गरे । जायजेथा बेचे, ऋण काँडे । अरु छोराहरुको कमाइ पनि उपचारमै खर्च गरे । आखिर बाबु न हुँ, उसको दु:ख र छटपटाहट कसरी हेरिबस्नु १ अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन”, आँखाभरि आँसु टिलपिलाउँदै उहाँले भन्नुभएको थियो ।

पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन । रासस