४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान: उपप्रधानमन्त्री श्रेष्ठ

सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान: उपप्रधानमन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुुभएको हो ।

“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उहाँले भन्नुभयो, “भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ । सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।

“आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अङ्कित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं”, उहाँले भन्नुभयो, “तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनुभयो ।”

भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाउनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको स्मरण गराउनुभयोे ।

“आज विश्वका साथै नेपालमा पनि उपभोक्तावाद जबर्जस्तरुपमा अगाडि बढिरहेका बेलामा यो जीवन केका लागि ? धनी भईकन मैले पनि समाजलाई केही गर्न सकिनँ, मेरो जीवनको के काम, एउटा घाँसीले केही गरिराखेको छ, मैले केही गर्न सकिनँ भन्नुभयो”, उहाँले भन्नुभयो, “यो सामान्य घटनाजस्तो लाग्छ । हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन, जीवनको सार्थकता हरेकलाई बोध गराउन, सामाजिक कर्तव्य निर्वाह गराउन र न्यायको पक्षमा भूमिका निर्वाह गर्न उद्घोष गर्नुभयो ।”

जीवनको सार्थकता र मूल्यबोध गर्ने विषयमा मनन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकतालाई ग्रहण गर्न भानुभक्तबाट सिक्नुपर्ने बताउनभुयो । “हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने, व्यक्तिगतरुपमा कसरी सुविधाभोगी जीवन बिताउने भन्नेमा मात्रै केन्द्रित हुँदा हाम्रो देश र आफ्नो जीवन बर्बाद हुने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “आफ्नो जीवन बचाउने हो भने समाज र राष्ट्रलाई अगाडि बढाउने हो भने पनि जीवनको सार्थकतालाई बोध गर्न भानुभक्तबाट प्रेरणा लिन आवश्यक छ ।”

नेपालको पहिचान र गौरव कायम गर्न, नेपाली हुनाको गौरव स्थापित गर्न र भानुभक्तले निर्वाह गर्नुभएको भूमिका कायम राख्नका लागि राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनभुयो ।

“भानुभक्तले आवाज उठाउनुभएको सुशासनको पक्षमा हामीले काम गर्नुछ । सरकारले सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय विभूतिबाट शिक्षा ग्रहण गरी त्यसबाट प्रेरणा लिँदै सुशासन स्थापना गर्ने मुख्य कार्यभारका साथ सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गर्नुभएको बताउनुभयो । सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा उहाँको अतुलनीय योगादन रहेको उहाँको भनाइ थियो ।

“भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक र न्यायप्रणालीको ढिलासुस्तीमाथि त्यो जमानामा भानुभक्तले व्यङ्ग्य गर्नुभएको थियो । भानुभक्तले कवितामार्फत गर्नुभएको प्रहार चानचुने साहस थिएन”, उहाँले भन्नुभयो । आज पनि नेपालमा भोलिवाद भन्ने परम्परा कायम रहेको भन्दै उहाँले के हामी भोलिवादबाट मुक्त छौँ ? भनी प्रश्न गर्नुभयो । मन्त्री किराँतीले भन्नुभयो, “मलाई लाग्छ, अहिले पनि हामी भोलिवादबाट मुक्त छैनौँ, भोलिवादलाई समाप्त गरेर देश र जनताप्रति समर्पित हुने संस्कृति हामीलाई चाहिएको छ ।”

भोलिवादलाई समाप्त गर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै मन्त्री किराँतीले भानुभक्तको औचित्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । रासस