२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए लाई जितको लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३६.५ ओभरमा अलआउट हुदै १७९ रन बनायो ।

नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२-८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जि.सी ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । अन्तिम विकेटका लागि सोमपालले ललित राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए । कुशल मल्लले १७ रन जोड्दा गुल्शन झा १९ बलमा १३ रन बनाउदै आउट भए ।

पाकिस्तान ए का बलर मोहम्मद वासिम जुयिनरले चार विकेट लिए । तीव्र गतिका बलर शाहबाज दाहानीले चार विकेट लिए भने मुबासिर खानले एक विकेट लिए ।