• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सशस्त्र प्रहरीमा ९३२ जनाका लागि जागिर खुल्यो



काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा ९३२ जनालाई जागिर खुलाएको छ । स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।