• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

आज शुक्रबारः सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्



एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिन विशेष महत्व हुन्छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु हुँदैन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनुपर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु उत्तम हुन्छ ।