• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त ★   हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन् ★   सार्कको गतिरोध राजनैतिक नै हो, राजनैतिक संवादबाट मात्र अन्त्य गर्न सकिन्छ: केके अग्रवाल ★   कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र ★   सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता ★   ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो ★   सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी ★   महालेखापरीक्षकको वार्षिक प्रतिवेदन: तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु ★   सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड ★   धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल आउँदै



फाईल फोटो

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउनुहुनेभको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक कदका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।

उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुन एक महिना बाँकी हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीसँग पनि छुट्टै छलफल गर्नुहुनेछ । जसमा उहाँले सीप आदानप्रदानसँगै वैश्लिक प्रतिष्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्नुहुनेछ ।

यसअघि उहाँ अमेरिकी संसदबाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आउनुभएको थियो । एक दिनका लागि नेपाल भ्रमणमा आउन लाग्नुभएका लु लामो समयदेखि नेपालसँग परिचित हुनुहुन्छ ।