• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ: मन्त्री भण्डारी



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताउनु भयो । उहाँले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताउनु भयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भएपनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रुपमा विकासको आधार मान्नुपर्ने अवस्था छ । यो अत्यन्त दु:खदायी विषय हो । त्यसको बाबजुद पनि हामीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु अथवा नेपाली युवाहरुलाई अहिलेको अवस्थामा उनीहरुलाई सुरक्षित गन्तव्यमा सुरक्षित ढंगबाट, सम्मानित ढंगबाट कसरी पठाउन सकिन्छ भन्ने चिन्ता गर्‍यौँ र त्यो अनुसार काम गर्न सक्यौँ भने त्यो चाहीँ धेरै ठूलो कुरो हुन्छ ।’

उहाँले श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरु अगाडी बढाएको बताउनु भयो ।