७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ: मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताउनु भयो । उहाँले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताउनु भयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भएपनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रुपमा विकासको आधार मान्नुपर्ने अवस्था छ । यो अत्यन्त दु:खदायी विषय हो । त्यसको बाबजुद पनि हामीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु अथवा नेपाली युवाहरुलाई अहिलेको अवस्थामा उनीहरुलाई सुरक्षित गन्तव्यमा सुरक्षित ढंगबाट, सम्मानित ढंगबाट कसरी पठाउन सकिन्छ भन्ने चिन्ता गर्‍यौँ र त्यो अनुसार काम गर्न सक्यौँ भने त्यो चाहीँ धेरै ठूलो कुरो हुन्छ ।’

उहाँले श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरु अगाडी बढाएको बताउनु भयो ।