३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको हो । उहाँले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनु भयो । सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पुर्‍याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताउनु भयो ।