४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी छलफल

सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी छलफल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्मा र होटेल संघ नेपालका प्रतिनिधिबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा होटेलहरुमा सरसफाईदेखि खाद्य स्वच्छतासम्बन्धी बिभिन्न विषयमा छलफल गरिएको थियो । गा्रहकहरुलाई कसरी सफा तथा स्वच्छ वातावरणमा राख्ने र होटेलहरुमा काम गर्ने कामदारलाई सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भएको छलफलका क्रममा आगामी आइतबार बस्ने अर्को बैठकमा होटेल संघ नेपालका प्रतिनिधिहरुले सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी कुन कुन काम गर्ने सो विषयमा तयार गरी ल्याउने र उहाँहरुले ल्याउनु भएको प्रतिबद्धता अनुसार काम गरिने छ ।

सोही छलफलका क्रममा होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नारा साकार पार्न आफुहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यसैगरी कार्यक्रमका अर्का सहभागि तथा होटेल संघ नेपालका सचिव टेकबहादुर महतले प्रधानमन्त्री ‘प्रचण्ड’ तथा सरसफाइ तथा जनस्वास्थ्यविज्ञ शर्माले सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी अघि सारेको कार्यक्रम निकै सरहानिए रहेको तथा आफुहरु उक्त कार्यका लागि सधै सकारात्मक रही अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।