• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध दबाबमा नेपाल, पाँचौं विकेट गुमायो ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम ★   डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट ★   नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने ★   ‘श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो झट्का ★   विश्व श्रमिक दिवस: कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट

सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी छलफल



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्मा र होटेल संघ नेपालका प्रतिनिधिबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा होटेलहरुमा सरसफाईदेखि खाद्य स्वच्छतासम्बन्धी बिभिन्न विषयमा छलफल गरिएको थियो । गा्रहकहरुलाई कसरी सफा तथा स्वच्छ वातावरणमा राख्ने र होटेलहरुमा काम गर्ने कामदारलाई सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भएको छलफलका क्रममा आगामी आइतबार बस्ने अर्को बैठकमा होटेल संघ नेपालका प्रतिनिधिहरुले सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी कुन कुन काम गर्ने सो विषयमा तयार गरी ल्याउने र उहाँहरुले ल्याउनु भएको प्रतिबद्धता अनुसार काम गरिने छ ।

सोही छलफलका क्रममा होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नारा साकार पार्न आफुहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यसैगरी कार्यक्रमका अर्का सहभागि तथा होटेल संघ नेपालका सचिव टेकबहादुर महतले प्रधानमन्त्री ‘प्रचण्ड’ तथा सरसफाइ तथा जनस्वास्थ्यविज्ञ शर्माले सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी अघि सारेको कार्यक्रम निकै सरहानिए रहेको तथा आफुहरु उक्त कार्यका लागि सधै सकारात्मक रही अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।