• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु



रेसुङ्गा । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । रासस