१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा मनसुनजन्य विपद्बाट २५ को मृत्यु, २५ बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पछिल्लो करिब एक महिनामा  मनसुनजन्य विपद्बाट २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता अवस्थामा छन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार गत जेठ ३१ गतेदेखि असार २७ गतेसम्म मनसुनजन्य विपद्बाट १९ जना घाइते भएका छन् । साथै ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १८२ घरमा आंशिक क्षति पुगेको छ ।

यस वर्षको मनसुन सुरु भएपछि बाढी तथा पहिरोका कारण भोजपुरमा एक, नुवाकोटमा एक, संखुवासभामा ३, ताप्लेजुङमा ३, पाँचथरमा ३, तनहुँमा २, गोरखामा २, ओखलढुंगामा ४, जुम्लामा १, अर्घाखाँचीमा ३, मुगुमा १ र दाङमा १ जनाको ज्यान गएको छ । साथै, बाढीपहिरोमा परी संखुवासभामा १९ , पहिरोमा परी ताप्लेजुङमा ३ र बाढीमा परी पाँचथरमा ३ जना अझै बेपत्ता अवस्थामा छन् ।

शाखाका अनुसार बाढीपहिरोमा परी संखुवासभामा ३, पहिरोका कारण ताप्लेजुङमा ३ र बाढीका कारण पाँचथरमा एक जना घाइते भएका छन् भने पहिरोमा परी तनहुँ र गोरखामा २/२ जना घाइते भएका छन् । शाखाले अछाममा १, रुपन्देहीमा १, अर्घाखाँचीमा १, बाजुरामा २, मुगुमा १, लम्जुङमा १, कैलालीमा १ गरी कुल १९ जना घाइते भएका छन् ।




भर्खरै