२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई माइक्रोफाइनान्सको एकीकृत कारोबारको तयारी



अ+ अ-

काठमाडौं: नेपाल राष्ट्र बैंकले चार वटा माइक्रोफाइनान्स संस्थाहरु मर्ज भई बनेका दुई संस्थाको एकीकृत कारोबार यही असार ३० र ३१ बाट शुरु हुने जनाएको छ ।

बैंकले जारी गरेको सूचनामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर नेशनल लघुवित्त वित्तीय संस्था बनेको छ । यो नयाँ संस्थाको सम्पूर्ण एकीकृत वित्तीय कारोबार यही असार ३० गतेदेखि हुँदैछ ।

यसैगरी, विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एककृति कारोबार हुन लागेको छ । राष्ट्र बैंकका अनुसार यस नयाँ माइक्रोफाइनान्सको एकीकृत कारोबार आगामी असार ३१ गतेदेखि हुनेछ ।

नेपाल राष्ट्र बैंकको संचालक समितिले “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी नियमावली, २०७३ (पाँचौं शंसोधन, २०७९)” को व्यवस्था बमोजिम दुवै माइक्रोफाइनान्स गाभ्ने निर्णय गरी सर्वसाधारणलाई जानकारी गराएको हो ।

पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा अन्य वित्तीय संस्थाहरुको मर्जर र एक्विजिसनलाई विशेष जोड दिँदै विभिन्न सहुलियत दिँदै आएको छ । राष्ट्र बैंकले वित्तीय संस्थाहरुको नियमनलाई थप प्रभावकारी बनाउँदै वित्तीय अनुशासन कायम गर्न पनि यस्तो नीति लिएको बताउँदै आएको छ ।