४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने

बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने
अ+ अ-

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ ।

यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताए ।

उनले भने, “उक्त दुई स्थानमै दुई वर्षअघि काठे पुल निर्मापण गरेका थियौँ, अहिले पुलमा राखिएको काठ जीर्ण हुँदै गएको र लोड भएका सवारी साधनसमेत गुड्ने भएकाले कुनै क्षति नहोस् भनेर पुराना काठ हटाएर नयाँ राखेर निर्माण गर्न लागेका छौँ । समयमै जीर्ण पुल मर्मत गर्नसकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको उहाँको भनाइ छ । उहाँका अनुसार तिमाङ खोलाको काठे पुल यसअघि सात मिटर रहेकोमा लम्बाइ नौ मिटर र चौडाइ साढे चार मिटर मिटरको बन्ने भएको छ । त्यस्तै, स्यार्कु खोलामा सात मिटर लम्बाइ र चार मिटर चौडाइको काठे पुल निर्माण हुने बताइएको छ ।

पुल निर्माणको लागि मङ्गलबारबाटै रुख काट्ने, पुलको लागि फलेक बनाउनेलगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर अधिकारीले बताए । सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधबार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको उनको भनाई छ ।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त ग¥यो ।

तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदर लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राख्दै विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक सम्पन्न गर्दै हस्तान्तरण गरेयता सडक भने जीर्ण बन्दै गएको छ । यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । यस सडक जीर्ण वा बन्द हुँदा प्रत्यक्ष वा बढी मनाङवासीलाई मर्का पर्दै आएको छ । रासस