२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पत्नी दाहालको निधनमा राप्रपा अध्यक्ष लिङ्देन द्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनलेआज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ “ सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले दुस्खी भएको छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । प्रधानमन्त्री दाहाल र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। जीवनका अनेकौं आरोह अवरोहमा अनवरत र अटुट साथ पाउनुभएका प्रधानमन्त्री दाहाललाई आफ्नो प्रिय जीवनसंगिनीको निधनबाट पुगेको क्षति अवर्णीय छ । उहाँलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस्( हार्दिक समवेदना ।”

विज्ञप्तिमा पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।