२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध रिट निवेदनको सुनुवाइ सकियो, आजै आदेश आउने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले सर्वोच्च अदालतमा गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ । रिटमाथि आजै आदेश आउने बताइएको छ ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

आजको मुद्दा सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए । यसअघि यस मुद्दामा लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।