७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.63

Humidity: 25

Latest
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना १८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण



अ+ अ-

गलकोट । बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ ।

स्थानीय जातको भैँसी संरक्षणसँगै उत्पादित दूधको बजारीकरण गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान केन्द्र निर्माण गरिनुका साथै ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।

पछिल्लो समय आयातित भैँसीका जात भित्रिदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।

स्थानीय थोमलाल सापकोटाको घरमा स्थानीय जातको दुई वटा भैँसी छन् । उहाँले एउटा भैँसीको दूध घरमै खपत गरेपनि अर्को भैँसीको दूध सहकारीमा बिक्री गर्नुहुन्छ । उहाँ जस्ता ३७ किसानको दूध सहकारीले सङ्कलन गरेर बजारीकरण गर्दै आएको छ ।

विसं २०७४ सालमा थापना भएको गलकोट कृषि सहकारी संस्थाले स्थानीय जातका भैँसीबाट उत्पादित दूध दैनिक सङ्कलन गरेर बजारीकरण गर्दै आएको हो ।

सहकारीले दूधको बजारीकरण गर्दा सहज भएको सापकोटाले बताउनुभयो । उक्त गाउँमा आयातिक जातका भैँसीको सङ्ख्या कम रहेकाले स्थानीय जातका भैँसी पालनमा किसानको जोड छ ।

दूधको बजारीकरण गर्नुका साथै स्थानीय जातको भैँसी संरक्षण अभियानमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रसँग समन्वय गरी किसानलाई प्रोत्साहन गरिरहेको सहकारीका अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । “दैनिक ४७ शेयर सदस्य किसानको दूध बजारमा पठाउँदै आएका छौँ । दैनिक एक सय ५० लिटर देखि तीन सय लिटरसम्म दूध बजारीकरण सहकारीमार्फत खपत हुन्छ” उहाँले भन्नुभयो ।

रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई प्रोत्साहन गरिएको भन्दै सापकोटाले यहाँ स्थानीय जातका लिमी र पाराकोटे भैँसी पालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जातको भैँसीबाट कम दूध उत्पादन भए पनि ‘ब्राण्ड’ बनाएर महङ्गोमा बिक्री गर्ने सहकारीको लक्ष्य छ ।

गलकोट नगरपालिकाको रू नौ लाख र गलकोट कृषि सहकारीको रू तीन लाख ८६ हजार गरी कूल रू १२ लाख ८६ हजारमा दूध सङ्कलन केन्द्र तथा चिस्यान घर निर्माण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । उहाँले यहाँ स्थानीय जातका भैँसीबाट उत्पादित दूधको ब्राण्ड बनाउन सके महङ्गोमा बिक्री गर्न सकिने बताउनुभयो । उहाँले दूध महङ्गोमा बिक्री गर्नाका लागि किसानलाई स्थानीय जातका भैँसी पाल्न प्रोत्साहनस्वरुप चिस्यान केन्द्र निर्माण गरिएको उल्लेख गर्नुभयो ।

आयातित भैँसीका जात भित्रिदा स्थानीय जातका भैँसी लोप हुने खतरा बढेको भन्दै गाउँमा स्थानीय जातका भैँसीबाट उत्पादित दूध बजारीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको केन्द्रका प्रमुख डा सापकोटाले बताउनुभयो । उहाँले आयातित जातका भैँसी भन्दा स्थानीय जातका भैँसीमा रोगको सङ्क्रमणसमेत कम हुने बताउँदै स्थानीय जातका भैँसीलाई समेत संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

“स्थानीय जातबाट उत्पादित दूधको गुणस्तर बढी हुन्छ, दूधलाई व्यावसायिक रुपमा बजारीकरण गर्न सके किसानलाई राहत हुन्छ” सापकोटाले भन्नुभयो, । स्थानीय जातको भँैसी संरक्षणका लागि केन्द्रले ३० किसानको गोठ सुधारका लागि आर्थिक वर्ष २०७९र८० मा रू आठ लाख अनुदान प्रदान गरेको उहाँले जानकारी दिनुभयो । “स्थानीय जातको भैँसीको विषयमा अध्ययन तथा अनुसन्धान गर्न समेत रिस्मी गाउँलाई उदारणका लागि लिनसक्ने बनाउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

गत वर्षको रिस्मी गाउँका ४७ किसानको दूध सङ्कलन र बजारीकरणबाट सहकारीमार्फत रू ३७ लाखको दूध बिक्री भएको गलकोटस्थित कृषि सहकारीले जनाएको छ ।

यहाँका २५ किसानले दुई वटा भैँसी पाल्दै आएका छन् भने अन्यले एउटाका दरले भैँसी पाल्दै आएका छन् । गण्डकी प्रदेशमा लिमी र पाराकोटे जातका भँैसी पाइने भए पनि आयातित जातका भैँसी भित्रिदा स्थानीय जातका भैँसी लोप हुने अवस्था आएको किसान बताउँछन् । रासस