१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकद्वारा पशुपति विकास कोषलाई फोहोर उठाउने हाइड्रोलिक गाडी प्रदान



अ+ अ-

काठमाडौँ। प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई फोहोर उठाउन मिल्ने हाइड्रोलिक गाडी प्रदान गरेको हो ।

सोमबार ‍बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडीको चाबी हस्तान्तरण गर्नुभयो ।

बैंकले पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा गरेको छ।

उक्त गाडीको मूल्य १७ लाख रुपैयाँ लागेको बताइएको छ । टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलब्ध गराउने छ ।

बैंकले आगामी दिनमा पनि मन्त्रालय र कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका कार्यकारी अध्यक्ष शेरचनले बताउनुभयो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।