१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्राज्ञीविरुद्ध भुवनले दिएको ‘बेइज्जती’सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेत्री साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको बेइज्जतीसम्बन्धी मुद्दाको सुनुवाइ कामठाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासमा हुँदैछ ।

करिब ३ वर्षअघि बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिजमको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन् । प्रतिक्रियास्वरुप भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित जवाफ दिएका थिए ।

त्यतिबेला साम्राज्ञीले ‘मानहानी’ भएको बताएकी थिइन् भने भुवनले पनि विसं २०७७ साउन ९ गते १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।