२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्राज्ञीविरुद्ध भुवनले दिएको ‘बेइज्जती’सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेत्री साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको बेइज्जतीसम्बन्धी मुद्दाको सुनुवाइ कामठाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासमा हुँदैछ ।

करिब ३ वर्षअघि बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिजमको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन् । प्रतिक्रियास्वरुप भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित जवाफ दिएका थिए ।

त्यतिबेला साम्राज्ञीले ‘मानहानी’ भएको बताएकी थिइन् भने भुवनले पनि विसं २०७७ साउन ९ गते १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।