१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

“यस दुस्खद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।

पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुस्खद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस