२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

“यस दुस्खद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।

पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुस्खद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस