• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु : नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी



काठमाडौं । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।

विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८  अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका रुपमा उहाँले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान  गर्नुहुनेछ । उहाँ ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत हुनुहुन्छ । लामो समयदेखि सामाजिक  सेवामा सक्रिय उहाँले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल हुनुभएको थियो ।

लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाउनुभएको थियो । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उहाँ सफल हुनुभएको थियो ।

नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक  पदमा विजयी भएको उहाँले जानकारी दिनुभयो । क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उहाँले विज्ञप्ति जारी गर्र्दै भन्नुभयो, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”

लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।