२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार नियोजन संघ उपत्यकामा ११ जनामध्ये ७ महिला पदाधिकारी निर्वाचित



अ+ अ-

काठमाण्डौ । नेपालकै पुरानो सामाजिक संस्थाको रुपमा रहेको नेपाल परिवार नियोजन संघ, काठमाण्डौ उपत्यका शाखाको मंगलबार सम्पन्न अधिवेशनले सर्वसम्मत चयन गरेका ११ जना पदाधिकारीमध्ये ७ जना महिला चयन भएका छन् भने ४ जना पुरुष छन ।

यसरी निर्वाचित भएका पदाधिकारीमध्ये उपत्यका सभापतिमा तारा पुडासैनी र कोषाध्यक्षमा रवी श्रेष्ठ चयन भएका छन् । बाँकी निर्वाचित भएका कार्यसमितिका युवा सदस्यहरुमा प्रमिला श्रेष्ठ, स्वर्णिमा श्रेष्ठ र पुजन खड्का छन भने महिला सदस्यद्वयमा अमिता पौडेल र उज्वला सुवाल छन । यसैगरि विशेषज्ञ महिला सदस्यहरुमा सृजना बज्राचार्य र पुष्पा जोशी छन भने विशेषज्ञ पुरुष सदस्यहरुमा सुशील खत्री र राममान महर्जन छन् । यसपटकदेखि सभापति र कोषाध्यक्षबाहेक ९ जना कार्यसमितिका सदस्य रहेका छन् ।

संघका २८ जिल्लामध्ये काठमाण्डौ उपत्यका शाखाको ४३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा पहिलोपल्ट अपाङ्गता तथा एचआइभि क्षेत्रलाई समेत समेटी वहुमत महिला सदस्यलाई चयन गरेको हो । शाखाले दिने सेवाहरु पनि अधिकांश महिला र शारिरीक अपाङ्गता लक्षित छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बागमती प्रदेशकी सभासद भुवनेश्वरी श्रेष्ठ र नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा संघको उपत्यका शाखाका शाखा प्रवन्धक शरदकुमार अर्यालले शाखाका गतिविधिबारे प्रकाश पारे भने जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाँलले शाखाले परिवार नियोजन तथा प्रजनन अधिकारको क्षेत्रमा गरेको काम कारवाहीको प्रशंसा गरे ।