४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिनुभयो ।

मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो । मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राख्नुभयो ।

उक्त प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गर्नुभयो । कर्णाली प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको छ । रासस