१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ: उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भइ नेपाल फर्किएपछि मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरु ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरुले अग्र्यानिक चकलेटहरु बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’

भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।