२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लामाबादमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय गान्धार गोष्ठी सुरु हुँदै



अ+ अ-

काठमाडौं । पाकिस्तानको गान्धा सभ्यता र बौद्ध सम्पदाको सामग्री प्रदर्शन गर्न इस्लामाबादमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय गान्धार गोष्ठी सुरु भएको छ ।

सोमबार इस्लामाबादमा भियतनामका बौद्ध भिक्षुहरुको एक प्रतिनिधिमण्डसँग गान्धार पर्यटनका बारेमा प्रधानमन्त्रीको कार्यदलका अध्यक्ष डा रमेशकुमार वांकवानीले गर्नुभएको हो ।

अध्यक्ष वांकवानीले गान्धार सभ्यताको समृद्ध सांस्कृतिक सम्पदा प्रदान गर्ने पाकिस्तान पर्यटकहरुका लागि सम्पूर्णरुपमा सुरक्षित रहेको बताउनुभयो ।

उहाँले धार्मिक पर्यटन प्रवर्द्धन गर्नाले व्यावसायिक गतिविधि बढेर विदेशी मुद्रा आर्जन हुने तथा गोष्ठीले देशको नरम छवि प्रवर्द्धन गर्न र विश्वसँग सम्पर्कमा आउन समेत सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा भियतनामका बौद्ध भिक्षुहरूले पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध धर्मका स्थलहरूको खोजी गर्नका लागि बौद्ध धर्मावलम्बी र अन्य धर्मका अनुयायीहरूलाई सहजीकरण गरेकोमा प्रधानमन्त्री शेहबाज सरिफ र उहाँको सरकारको प्रशंसा गरे।

उनीहरुले आगामी दिनमा पाकिस्तानको सांस्कृतिक सम्पदा हेर्न थप पर्यटक आउने बताए । भिक्षुहरुले गान्ध्रा सभ्यता र पाकिस्तानमा धार्मिक पर्यटनको सम्भावनालाई प्रवर्द्धन गर्न मिडियालाई उपयुक्त भूमिका खेल्न आग्रह गरे।

प्रतिनिधिमण्डलले इस्लामाबाद संग्रहालयको पनि भ्रमण गरी पाकिस्तानको बौद्ध सम्पदाप्रति गहिरो चासो देखाएको थियो। प्रधानमन्त्री मोहम्मद शाहबाज शरीफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीले गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

गोष्ठीको उद्देश्य पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वको विश्वव्यापी चेतना जगाउनु रहेको छ । गोष्ठीमा मलेसिया, भियतनाम, थाइल्याण्ड, नेपाल, दक्षिण कोरिया र श्रीलंकाका विभिन्न बौद्ध भिक्षुहरुको सहभागिता रहनेछ ।

कार्यक्रमको शीर्षक ‘सांस्कृतिक कूटनीति: पाकिस्तानमा गान्धार सभ्यता र बौद्ध सम्पदाको पुनरुत्थान’ रहेको छ ।