• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा

नेप्से चार दशमलव ७३ अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलब २४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ८६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु १२ करोड ७८ लाख १३ हजार सात सय १९ बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट रु १२ करोड ५४ लाख ३९ हजार चार सय नौ, सोल्टी होटल रु १० करोड ६७ लाख ६५ हजार चार सय आठ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ५८ हजार नौ सय ३४ र मञ्जुश्री फाइनान्स रु छ करोड ५६ लाख सात हजार छ सय ८० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रावा इनर्जी दशमलब ९८, लिवर्टी इनर्जी नौ दशमलब ६४ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यस्तै, सिङ्गटी हाइड्रो पाँच दशमलब ९६, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब ६९, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब १४, इस्टर्न हाइड्रोपावर चार दशमलब ६२ र माथिल्लो हेवा खोलाको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।रासस