२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक ‘सेण्डिकेट’ मा चलाउन खोजिदैछ, यो धेरै दिन चल्दैन विस्फोट हुन्छ– कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट हुने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा नब गठित भातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२/६३ को परिबर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्रीत भएको बताए ।

सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको रामबाण गणतन्त्र ,संघीयता ,धर्मनिरपेक्षता हो भन्ने हरुले अहिके मुकुलको अस्थब्यस्थताको जिम्मा लिनुपर्ने समेत जिकिर गरे। अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफुहरुले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक ,भ्रष्ट , अलोकतान्त्रिक देखिनु लज्जाको बिषय भएको समेत थापाले उल्लेख गरे । उनले राप्रपा नेपाल मुलुकको बलियो बैकल्पिक शक्ति बन्नेमा शड्ढा नगर्न समेत सबैलाई आश्वस्त हुन आग्रह गरे ।

थापाले खेलकुद संगठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्रा.डा. बिष्णु भण्डारी ,किसान संगठनमा डम्बर शिवाकोटी ,मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपांग संगठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिदै संगठन निर्माणमा उच्च मनोबल सहित कृयाशिल हुन आग्रह गरे ।