१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक ‘सेण्डिकेट’ मा चलाउन खोजिदैछ, यो धेरै दिन चल्दैन विस्फोट हुन्छ– कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट हुने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा नब गठित भातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२/६३ को परिबर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्रीत भएको बताए ।

सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको रामबाण गणतन्त्र ,संघीयता ,धर्मनिरपेक्षता हो भन्ने हरुले अहिके मुकुलको अस्थब्यस्थताको जिम्मा लिनुपर्ने समेत जिकिर गरे। अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफुहरुले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक ,भ्रष्ट , अलोकतान्त्रिक देखिनु लज्जाको बिषय भएको समेत थापाले उल्लेख गरे । उनले राप्रपा नेपाल मुलुकको बलियो बैकल्पिक शक्ति बन्नेमा शड्ढा नगर्न समेत सबैलाई आश्वस्त हुन आग्रह गरे ।

थापाले खेलकुद संगठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्रा.डा. बिष्णु भण्डारी ,किसान संगठनमा डम्बर शिवाकोटी ,मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपांग संगठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिदै संगठन निर्माणमा उच्च मनोबल सहित कृयाशिल हुन आग्रह गरे ।