• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै



काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ ।

सोमवार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यका घरै–घरको मात्रै शहर भएको बताउनु भयो। उहाँले राज्यको स्पष्ट शहरको स्वरुप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौ उपत्यकामा घरै मात्रै भएको बताउनु भयो।

मन्त्री गुरुङले काठमाडौं उपत्यकामा ठूलो शहर नभएको,गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी,साना–साना पार्क र फुटपाथकेही पनि नभएर धेरै घरहरु भएको शहरका रुपमा स्थापित भएको बताउनु भयो। उहाँले यसरी बनेका घरहरु राज्यले शहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताउनु भयो।

उहाँले काठमाडौं उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका साहयक नदीहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको बताउनु भयो । उहाँले शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन धेरै गाह्रो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ राज्यले नीतिगत रुपमा शहरको स्वरुप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठूलो शहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी,साना–साना पार्क र फुटपाथकेही पनि छैन । धेरै घरहरु भएको शहर भएको छ । शहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छ्रैन । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको मास्टर पलान (गुरु योजना)बनाएर अगाडि बढाउने हिसावले काम गरिरहेका छौं । सबै स्थानीय तहहरुले सुझाव दिन अनुरोध गर्छु । यस्तो योजना बनाएर काम गर्दा भइरहेको संरचना र व्यथितिलाई रोक्न सकिन्छ ।

काठमाडौं उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका साहयक नदिहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्न सकिन्छ भन्ने विषयमा सरकार लागेको छ । त्यस्तै कसरी स्वच्छ र सफा शहर बनाउने विषयमा काम थलनी गरेका छौं । त्यो कामलाई पूर्णता दिनको निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन सरकारलाई धेरै गाह्रो भएको छ । यदी सरकारले नदिन किनारको अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन सक्यौं भने ती कामहरु गर्न सजिलो हुन्छ ।

यसमा स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्छ । शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहतमा छ । शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको छ । काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर हामीले दीर्घकालिन समाधान दिन सक्दैनौं । स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नु पर्ने अवस्था छ । सरकारले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालिन व्यवस्थापन कसरी गर्ने भन्ने उपाय खोजे पनि अधिकार स्थानीय सरकारको रहेको छ । ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्छ ।’

उहाँले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताउनु भयो। उहाँले शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताउनु भयो। उहाँले काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालिन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताउनु भयो।