९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।