४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सत्ता पक्षका सांसदको प्रश्न: तीन जिल्लाको बजेट सच्चिएर आयो की आएन ?

सत्ता पक्षका सांसदको प्रश्न: तीन जिल्लाको बजेट सच्चिएर आयो की आएन ?
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताउनु भयो । उहाँले उहाँले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गर्नुभयो । उहाँले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्नसक्ने अवस्था छैन । अहिले पनि बजेट सन्तुलित छैन, व्यवहारिक छैन, केन्द्रिकृत छ, आत्मकेन्द्रित छ, अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ । जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ । हामीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ, तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो की आएन, प्रधानमन्त्री, नि:वर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो की आएन ? त्यसैले पन ियो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन ।’

राष्ट्रिय सभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गर्नुभयो ।