२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यदि तपाईंको पार्टनरको व्यवहार यस्तो छ भने ब्रेकअप गर्नु नै राम्रो



अ+ अ-

एजेन्सी । सम्बन्धमा माया र विश्वास दुईवटा यस्ता चिज हुन् जसले वर्षौंदेखि एकअर्कालाई बाँधेर राख्छन्, जहाँ यीमध्ये कुनै एक कुराको कमी भएमा सम्बन्धलाई अगाडि बढाउन चुनौती जस्तो देखिन्छ ।

आजकल झगडाका, कुटपिट र सम्बन्ध विच्छेदका घटनाहरु धेरै देख्न थालेका छन्, यसको एउटा कारण यो हो कि हामीले पार्टनरका केही बानीलाई बेवास्ता गरिरहने गर्छौं । जसले पछि तपाईको सम्पूर्ण जीवनलाई असर गर्न सक्छ । त्यसैले त्यसलाई बेवास्ता नगर्नुहोस् ।

झूटो बोल्नु
सम्बन्धमा विश्वास धेरै महत्त्वपूर्ण हुन्छ । यसलाई सम्बन्धको आधार मानिन्छ । तर यदि तपाइँलाई तपाइँको पार्टनरले तपाइँसँग अनावश्यक झूट बोलेको महसुस गर्नुहुन्छ र तपाइँ उसलाई धेरै पटक झुटो बोलेको भेट्नुभएको छ भने, सम्बन्धलाई पछ्याउने कुनै कारण छैन । सानो झुट कहिले धोकाको ठुलो कारण बन्छ थाहा पनि हुँदैन । यस्तो सम्बन्ध समाप्त गर्न राम्रो हुनेछ ।

एक्स (पूर्व प्रेमि–प्रेमिका)को बारेमा कुरा गर्नु
कसैसँग सम्बन्धमा रहनु गलत कुरा होइन । तर यदि उनी अहिले तपाईंसँग छन् तर अझै पनि आफ्नो एक्सको सम्झना वा तपाईंसँग उसको तुलना गरिरहेको छ भने, यो बानीलाई सहन आवश्यक छैन । किनकि पछि यसले सम्बन्ध बिगार्न सक्छ । यस्तो सम्बन्धबाट बाहिर निस्कनु राम्रो हुनेछ ।

हरेक समय झगडा मात्र
यदि तपाइँको पार्टनरले हरेक सानो कुरालाई झगडाको बिन्दु बनाउँछन् भने, बुझ्नुहोस् कि उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहँदैनन् र तपाइँबाट अलग हुने बहाना खोजिरहेका छन् । जहिले पनि झगडाले फरक प्रकारको मानसिक समस्या दिन्छ । त्यसलाई लामो समयसम्म सहनुको सट्टा यस्तो व्यक्तिबाट टाढा रहनु नै बुद्धिमानी हुन्छ ।