२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन: विमला राई पौड्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आएपनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौं की के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बनेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ की समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।