४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग
फाईल फोटो
अ+ अ-

कञ्चनपुर । गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ ।

“भाषा, धर्म संस्कृति र चाडपर्व कुनै पनि सभ्य समृद्ध समाजको पहिचानको धरोहरका रूपमा रहेको छ” पण्डित ताराप्रसाद जोशीले भन्नुभयो, “हिन्दू धर्ममा आस्था राख्ने सुदूरपश्चिम प्रदेशका महिलाले व्रत बसी पति र पुत्रको दीर्घायुको कामना गर्दै पौराणिककाल (विसं १२६४)देखि शिव–पार्वतीको पूजाआजा गरी गौराष्टमी (गौरा) पर्व मनाउँदै आएका छन् ।”

पञ्चाङ्ग समितिले दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी मान्नु पर्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार निर्णय सिन्धुमा भनिएको छ, “शुक्लभाद्रपदेमासे दूर्वासंज्ञा तथाष्टमी । सिंहार्क एवं कर्तव्या न कन्यार्के कदाचन । सिंहस्थे सोत्तमासूर्येऽनुदिते मुनि सत्तमे । भाद्र शुक्लाष्टम्या मगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यात् ।”

अर्थात् पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्छ । त्यो पनि अगस्तिमुनिको पौराणिक उदय हुनुभन्दा पूर्वको अष्टमीलाई ग्रहण गर्नु पर्दछ । कन्याको सूर्यमा दूर्वाष्टमी मान्नु हुँदैन । उक्त निर्णयको ख्यालै नगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले गलत निर्णय गरेको उहाँको भनाइ छ ।

विसं २०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० को दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावण शुक्लपक्षको अष्टमी तिथिमा लगाएको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, “विसं २०३१, २०५० र २०६९ मा भाद्र महिनामा अधिकमास (मलमास) परेको बेला नेपाल पञ्चाङ्ग निर्णायक समितिले अधिकमासको अष्टमीलाई दूर्वाष्टमी भनी उल्लेख गरेको थियो, भाद्र महिनामा अधिकमास परेमा शुद्ध भाद्रमासको कृष्णाष्टमीलाई सौर श्रावणमासमा मान्नुपर्छ भनी शास्त्रमा उल्लेख भएको पाइन्छ ।”

स्कन्ध पुराणमा वर्णन गरिएअनुसार अधिमासे तु सम्प्राप्ते नभस्य उदये मुने: । अर्वाग्दूर्वाव्रतं कार्यं परतो नैव कुत्रचित् । भन्ने वचनको उल्लङ्घन गरेर पञ्चाङ्ग निर्णायक समितिले दूर्वाष्टमीको गलत निर्णय गरेको पण्डित जोशीले बताउनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गणितागत अगस्तिको उदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्ने गरी समाजमा ठूलो भ्रम सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।

यसको आधारमा दूर्वाष्टमीको निर्णय गर्नु नितान्त गलत र अव्यवहारिक हुन्छ किनभने ज्योतिषीय विज्ञानअनुसार तीन अक्षप्रभा ९पलभा० रहेको स्थानमा भाद्र २ गते नै गणितागत अगस्त्योदय हुन्छ भने आठ अक्षप्रभा (पलभा) भन्दा माथि भएको स्थानमा असोज ७ गतेसम्म पनि क्रमिकरूपमा अक्षप्रभा (पलभा) अनुसार फरक–फरक स्थानमा फरक–फरक मिति र तिथिमा अगस्त्योदय हुने उहाँको भनाइ छ ।

निर्णयअनुसार एउटै दिनमा सबै स्थानमा दूर्वाष्टमी नहुने र कुनै ठाउँमा कहिलेकाहीँ दूर्वाष्टमीको लोप नै हुने हुँदा यस्तो विषमपूर्ण आएको जनाइएको छ । यस्तो अवस्थाका सन्दर्भमा वेदलाई चार विभागमा विभाजित गर्ने तथा महाभारतसमेत १८ पुराणका रचयिता वेदव्यासजी र अन्य ज्योतिषशास्त्रका महान् विद्वान् तथा प्रवर्तक गर्ग, परासर आदि ऋषिमुनिहरूले सर्वत्र एउटै दिनमा दूर्वाष्टमी मनाउन सकियोस् भनी अगस्त्योदयको सीमारेखा निर्धारण गरी पौराणिक अगस्त्योदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नुपर्छ भनी ज्योतिषशास्त्र र धर्मशास्त्रका अनेक ग्रन्थ र पुराणमा उल्लेख गरिएको उहाँको बुझाइ छ ।

“त्यो सीमारेखा भनेको भाद्र महिनामा सिंहराशिको २३ अंशमा जब सूर्य भगवान् प्रवेश गर्दछन्”, उहाँले भन्नुभयो, “त्यो दिनदेखि अगस्त्योदय मान्नुपर्दछ, सिंह राशिको २३ अंश भन्नाले भाद्र महिनाको २४ देखि २६ गतेसम्मको कुनै एउटा दिनमा गणितीय आधारमा पर्ने गर्दछ, त्यसभन्दा तलमाथि हुन सक्दैन ।”

भारतको काशीबाट प्रकाशित भएको ऋषिकेश पञ्चाङ्गले पनि यस वर्षको दूर्वाष्टमीको व्रत ७ सितम्वर सन् २०२३ तदनुसार संवत् २०८० भाद्र २१ गतेमा नै गर्ने भनी निर्देश गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार विसं २०८० भाद्र ७ गते श्रावणशुक्ल अष्टमी तिथिको दिनमा दिएको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई मान्यता दिएको छ ।

धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा विसं २०८० भाद्र २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसै तिथिमा गौरापर्व मनाउनुपर्ने ज्योतिषार्चाय जोशीको तर्क छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई धर्मशास्त्रानुसार तथ्यगत आधारमा दूर्वाष्टमीको निर्णय गरी सांस्कृतिक मूल्यमान्यताको संवर्द्धन र संरक्षणका लागि कार्य गर्नुपर्ने उहाँको सुझाव छ । रासस