४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बालेनको पहलमा २० वर्षमा खुल्यो सडक, उपभोक्तामा खुशीको सञ्चार 

बालेनको पहलमा २० वर्षमा खुल्यो सडक, उपभोक्तामा खुशीको सञ्चार 
अ+ अ-

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षमा सडक खुल्न सकेको थिएन । अहिले सडक खुलेपछि उपभोक्ता खुसी भएका छन् ।

‘विसं २०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र शाह (बालेन)ले स्थलगत निरीक्षण गर्नुभएको थियो’, आयोजना प्रमुख निर्मलराज बरालले भन्नुभयो, ‘नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधानसेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभएपछि सडक खोल्ने वातावरण तयार भयो ।’ उहाँका अनुसार अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ वनस्थली सडक, उत्तरमा वालाजु-वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब एक हजार ३६९ रोपनी जग्गा छ ।

विसं २०६० साल बैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि सहरीकरणबाट बिकास व्यवस्थापन र सुबिधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो । यसमा २४.४७ प्रतिशत सडकका लागि, २ प्रतिशत पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५० प्रतिशत धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३ प्रतिशत भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना सुरु हुनुअघि त्यसक्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो । सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदी १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो ।

जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्र वापत् २.५ प्रतिशत, पूर्वाधार निर्माण वापत ५ प्रतिशत, बाटो वापत् ३.३५ प्रतिशत प्रतिमिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ प्रतिशतदेखि ९.६ प्रतिशत हो ।