४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दोस्रो चरणको आर्थिक सुधार शुरु भयो: अर्थमन्त्री महत

दोस्रो चरणको आर्थिक सुधार शुरु भयो: अर्थमन्त्री महत
फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताउनुभएको छ ।

अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने उहाँको भनाइ छ । “अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ । यसबाट दोस्रो चरणको शुरुआत भएको छ । यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ । यसलाई कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र लयमा फर्किन्छ”, अर्थमन्त्री महतले भन्नुभयो ।

नेपालले ५० को दशकमा आर्थिक उदारीकरण र खुला बजार अर्थतन्त्रको नीति अँगालेसँगै पहिलो चरणको आर्थिक सुधारको शुरुआत भएको थियो । आगामी आर्थिक वर्षको बजेटले दोस्रो चरणको आर्थिक सुधारको जग बसाल्ने अर्थमन्त्री महतले बताउनुभयो ।

स्रोत सुनिश्चितता नगरी बजेट विनियोजन गर्ने प्रवृत्तिले अर्थतन्त्रको आन्तरिक संरचनामा समस्या देखिएको उहाँको भनाइ छ । त्यस्तै, अहिले आर्थिक सूचकहरू सुध्रिँदै गएको पनि अर्थमन्त्री महतको दावी छ । “अर्थतन्त्र सुधारोन्मुख छ । विदेशी मुद्राको सञ्चिति बढिरहेको छ । पर्यटन क्षेत्र लयमा फर्किरहेको छ । ब्याजदर पनि घट्ने सङ्केत देखिएको छ”, उहाँले भन्नुभयो, “पूँजीगत खर्चलाई प्रभावकारी बनाउनेगरी बजेटमा बुँदागत व्यवस्था राखिएका छन् । त्यसलाई हामीले सक्रियतापूर्वक कार्यान्वयन गर्छौं ।”

अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट थप केही नयाँ व्यवस्थाहरू आउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बजेट विनियोजनका लागि स्रोतको चाप र त्यसको व्यवस्थापन सरकारका लागि निकै चुनौतीपूर्ण रहेको पनि उहाँले बताउनुभयो । “हाम्रा आवश्यकता धेरै छन् तर स्रोत सीमित छ । आवश्यकता र स्रोतको बीचको जुन खाडल छ, त्यसबाट सिर्जित टिप्पणीहरू अहिले आलोचनाका रूपमा आइरहेका छन्”, उहाँले भन्नुभयो, “अर्थतन्त्रलाई अनुशासनमा ल्याउन खासगरी हाम्रो खर्च गर्ने पद्दतिमा सुधार आवश्यक छ । हाम्रो स्रोत कति छ, त्यसका आधारमा हामीले बजेट विनियोजन गर्नुपर्छ । भावनामा बगेर यो पनि गर्ने, त्यो पनि गर्ने भनेर धेरै ठाउँमा हात हालेका छैनौँ ।”

सानो आकार र न्यून रकमका आयोजनामा केन्द्र सरकारले बाध्यात्मक अवस्थामा मात्रै बजेट छुट्याएको पनि अर्थमन्त्री महतले स्पष्ट पार्नुभयो । “अधिकांश क्रमागत र बहुवर्षीय ठेक्काका आयोजनामा सङ्घबाट सानो रकममा पनि बजेट पठाउनुपर्ने अवस्था थियो । त्यसलाई हामीले आगामी आर्थिक वर्षको बजेटमा रोक्न सकेनौँ”, अर्थमन्त्री महतले भन्नुभयो, “दायित्व सिर्जना भइसकेकाले अनावश्यक रकमान्तर, स्रोतान्तर गर्ने प्रवृत्तिलाई पनि यस वर्ष रोक्न सकिएन ।”

आगामी आर्थिक वर्षका लागि ल्याइएको वित्त नीतिसँग समन्वय हुनेगरी राष्ट्र बैंकले केही खुकुलो व्यवस्थासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने विस्वास पनि अर्थमन्त्री महतले व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा राखिएको अबन्डा रकम (अर्थ विविध शीर्षकको बजेट) आवश्यकताको सिद्धान्तमा रहेर छुट्याइएको पनि उहाँको भनाइ छ ।रासस