२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य छैन– गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन् ।

आन्तरिक रूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ आउनुपर्ने बताउदै उनले भने, ‘प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालाई पनि स्पष्ट पार्नुपर्छ ।’

चन्द्र सूर्यको लागि प्रधानमन्त्रीको मौनता स्वीकार्य नभएको भन्दै बास्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’