• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल(भिडीयोसहित)



फाईल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निस्कर्ष अघि सार्नुभएको थियो । उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ । उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँका योगदानलाई अझै हामीले युवा पंक्तीको बीचमा पुर्‍याउनसकौँ, उहाँको प्रेरण लिन उत्प्रेरित गर्नसकौँ ।’

अध्यक्ष नेपालले काँग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्नेकुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताउनु भयो ।