• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

२३१ स्थानीय तहले अझै ल्याएनन् बजेट



काठमाडौँ । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था भए पनि ३० प्रतिशत स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । संघीय सरकारले जेठ १० गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको अनुमानित विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर हालसम्म ७५३ मध्ये २३१ तहले अझै बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये २३१ अर्थात् ३०.६८ प्रतिशतले अझै बजेट ल्याएका छैनन् । मधेस प्रदेशका ५० प्रतिशत स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । १३६ स्थानीय तहमध्ये मधेस प्रदेशका ६८ स्थानीय तहले बजेट ल्याएका छैनन् ।

कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ५४ वटाले बजेट ल्याएका छैनन् भने बागमती  प्रद्रेशका ११९ मध्ये ३९ स्थानीय तहले बजेट ल्याउन बाँकी छ । साथै गण्डकी प्रदेशका ८५ मध्ये ११ स्थाानीय तह र लुम्बिनी प्रदेशका १०९ मध्ये २१ वटा स्थानीय तहले बजेट नल्याएको,  कर्णालीका ७९ मध्ये १० तथा सूदुरपश्चिम प्रदेशका ८८ मध्ये २८ स्थानीय तहले बजेट ल्याएका छैनन् । यस मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहल प्रविष्ट गरेको विवरणका आधारमा तयार पारिएको मन्त्रालयको भनाइ छ ।