४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारी अमिरसँग नेपालका कावा राजदूत सुवेदीद्वारा भेट



अ+ अ-

काठमाडौं । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर(राजा)सँग भेटवार्ता गर्नुभएको छ ।

इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उहाँले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

सो अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीलेले जानकारी दिनुभयो । इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ ।

त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थानीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरुसँग शुभकामना आदानप्रदान गर्नुभएको थियो । रासस