५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

म्याद थप गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने निर्णयप्रति निर्माण व्यवसायी असन्तुष्ट

म्याद थप गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने निर्णयप्रति निर्माण व्यवसायी असन्तुष्ट
अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीहरुले समस्याग्रस्त परियोजनाको म्याद थप गर्ने अधिकार कार्यलय प्रमुखलाई दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आयोजनाहरुको म्याद थपको निर्णय गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने सरकारले निर्णय प्रति असन्तुष्टि जनाएको हो । राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ ख बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशप्रति महासंघले असन्तुष्टि जनाएको हो । महासंघको सुझाव विपरीत म्याद थपका सम्बन्धमा राजपत्रमा आएको सूचनाले निर्माण उद्योगमा अझ विकृति भएको बताएको छ । पत्रकार सम्मलेनमा महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट जारी आदेशको सूचना वास्तविक म्याद थपको लागि उपयोग हुन नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले विभिन्न बहानामा सम्पूर्ण फाइल पुग्दा समेत म्यादथप नगर्ने कार्यालय प्रमुखलाई म्यादथपको अधिकार दिन राम्रो नभएको बताउनु भयो ।

उहाँले आयोजनाहरुको म्याद थप गर्दा मलाई के लाभ हुन्छ र मैले किन म्यादथप गर्ने ? भोलि प्रश्न उठ्ने काम किन गर्ने जस्ता प्रश्न आयोजना प्रमुखले गर्ने गरेको बताउनु भयो । उहाँले गत वर्ष अवकाश हुँदै गरेको डिजिले सयौं फाइलहरु म्यादथप नगरी सरकारले अनिवार्य रुपमा म्यादथप गर्नुपर्छ भनेर निर्देशन गर्दा पनि गरेर उन्मुक्ती पाएर कारबाही नभएको बताउनु भयो। उहाँले सयौं फाइलहरु कार्यालय प्रमुखले सबै प्रक्रिया पूरा गरेर आएको निवेदनहरुलाई सरकारले १२ औं संशोधन नियमावलीमा उल्लेख भएको म्यादथपको व्यवस्था नगर्दा उहाँहरु कारबाहीको भागिदार हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आयोजनाहरुको म्यादथप गर्दा मलाई के लाभ हुन्छ र मैले किन म्यादथप गर्ने ? भोलि प्रश्न उठ्ने काम किन गर्ने ? गत वर्ष अवकाश हुँदै गरेको डिजिले सयौं फाइलहरु म्यादथप नगरी सरकारले अनिवार्य रुपमा म्यादथप गर्नुपर्छ भनेर निर्देशन गर्दा पनि गरेर उन्मुक्ती पाएर कारबाही नहुने मुलुकमा हिजोको दिनमा सयौं फाइलहरु कार्यालय प्रमुखले सबै प्रक्रिया पूरा गरेर आएको निवेदनहरुलाई सरकारले १२ औं संशोधन नियमावलीमा उल्लेख भएको म्याद थपको व्यवस्था नगर्दा उहाँहरु कारबाहीको भागिदार हुन भएको छैन । उहाँहरुलाई प्रोत्साहित गर्ने काम भयो । उहाँहरुलाई कारबाही गर्नुपर्ने थियो । उहाँहरुलाई २१ दिनभित्रमा म्यादथप गर्न असारमसान्त सम्म प्रक्रिया पूरा गरेका फाइलहरुलाई म्यादपथ गर्नु भनेको थियो । तर कतिपय कार्यालयमा प्रमुख नभएर,सरुवा भएर र अवकाश पाउने लागेकोमा किन म्यादथप गरेर जाने भन्ने आशयले म्यादथप नभएको अवस्था छ । त्यस्ता फाइलहरुको विषयमा सरकारले किन सोचेन । त्यो गम्भिर प्रश्न छ ।’

उहाँले माग यथाशिघ्र सम्बोधन नभएमा यसअघि स्थिगित गरेको आन्दोलन पुनः सुचारु गर्ने चेतावनी समेत दिनुभयो । महासंघले निर्माण व्यवसायीहरूले क्षतिपूर्ति स्वरुप प्राप्त हुने विषय एवं आधार जस्तै खरिद सम्झौताको डिजाइन परिवर्तन भएको, बजेट अपुग भएको, निर्माणस्थलको उपलब्धता हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको लगायतका विषय पनि उठान गरेको छ ।